धनुषाका १६ वटा तहको नजिता यस्ताे छ

धनुषा, असोज ७ । धनुषाका १८ वटा स्थानीय तहमध्ये अहिलेसम्म १६ वटा तहको नजिता सार्वजनिक भइसकेको छ । सबैभन्दा बढी नेपाली कांग्रेसले धनुषाको ७ तहमा जितेको छ । नेकपा एमाले ४, संघीय समाजवादी फोरमले २, माओवादी केन्द्रले २ र राजपा नेपाल १ तहमा विजयी भएका छन् ।

बाँकी मतगणना जारी रहेको दुई स्थानीय तह जनकपुर उपमहानगरपालिकामा राजपा नेपालको जित निश्चित जस्तै छ भने सबैला नगरपालिकामा माओवादी केन्द्रले अग्रता कायमै गरेको छ ।

कांग्रेसले जितेको स्थानीय तह : क्षिरेश्वरनाथ नगरपालिका, नगराईन नगरपालिका, कमलामाई नगरपालिका, धनुषाधाम नगरपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिका

एमाले जितेको स्थानीय तह : मिथिला नगरपालिका, मिथिलाबिहारी नगरपालिका, बटेश्वर गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिका

माओवादी केन्द्रले जितेको स्थानीय तह : सहिद नगरपालिका र विदेह नगरपालिका

संघीय समाजवादी फोरमले जितेको स्थानीय तह : गणेशमान चारनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिका

राजपा नेपालले जितेको स्थानीय तह :  हंशपुर नगरपालिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *