नेपालले माल्दिभ्सलाई २–० ले हरायो
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ६ । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २–० ले हराएको छ ।
शुक्रबार भएको खेलमा नेपालका लागि सात मिनेटमै रोमन लिम्बूले र ५७औं मिनेटमा रेजिन सुब्बाले गोल गरेका थिए ।
नेपाल पहिलो खेलमा घरेलु टोली भुटानसँग १–० ले पराजित भएको थियो ।
नेपाल, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरी प्रतियोगितामा ५ राष्ट्र सहभागी छन् ।
‘राउन्ड रोबिन’ लिगको आधारमा हुने प्रतियोगिताको अंकतालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ ।
नेपालले अब आगामी सोमबार बंगलादेशसँग खेल्नेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








