प्रदेश २ को एक महानगर र तीन उपमहानगरको अवस्था यस्तो छ

काठमाडौं, असोज ६ । २ नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा नेपाली कांग्रेसले अग्रता लिएको छ । निकै सुस्तगतिमा भइरहेको मतगणनाको पछिल्लो परिणाममा मेयर पदका उम्मेदवार कांग्रेसका अजय द्वीवेदीले ४९४९ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने संघीय समाजवादी फोरम नेपालका विजय सराबगी ४३४४ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै राजपा नेपालका मेयर पदका उम्मेदवार राजेशमान सिंहले ४३०१ मतले पछ्याईरहनुभएको छ ।

उता जनकपुर उपमहानगरपालिकामा भने कांग्रेसभन्दा राजपा निकै धेरै अगाडि देखिएको छ । राजपा नेपालका मेयर उम्मेदवारले १० हजार ०६२ मत प्राप्त गर्दा कांग्रेसका मेयर उम्मेदवारले ३ हजार २४१ मतमात्र प्राप्त गर्नुभएको छ भने उपमेयरमा पनि राजपा नेपालका उम्मेदवार नै अगाडि देखिएका छन् ।

बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा नेकपा एमालेले अग्रता लिएको छ । कलैया उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवारले ३४५५ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवारले ९२०९ मतका साथ अग्र स्थानमा कायमै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *