साइकलका विजयी उम्मेदवारको गलाको माला रुखले खोसेपछि…..

महोत्तरी असोज ६। शुक्रबार बलवा नगरपालिकाको मेयरमा विजयी भएका राम विनय महतो र उपमेयरमा विजयी रीतादेवी झासहितको विजय जुलस गाउँ–गाउँ घुग्दै थियो । तर, त्यति नै बेला निर्वाचन अधिकृतले टेलिफोन सम्पर्क गर्दै भने, ‘कम्प्युटरले गडबडी गरेछ । मेयर र उपमेयर दुबै कांग्रेसले नै जितेको रहेछ । अब, विजय जुलुस रोक्नुस् ।’

फोनसम्पर्क क्रममा त्यहाँका राजपा नेता जयनुल रायन ले आफूहरुकै उम्मेदवार विजयी भएको तर काँग्रेसले षड्यन्त्र रचेको भन्दै उनले भने, ‘विजय जुलुस गरिहेका थियौं । तर, एक्कासी आयोगबाट फोन यस्तो आयो । कांग्रेसले आफ्नो औकात देखाउँदैछ तर हामी सहनेवाला छैनौँ । अहिले यहाँ निकै होहल्ला र झडप हुने स्थितिमा छ । बलवाको अवस्था निकै गम्भिरपूर्वक रहेको छ ।’

यस सँगै यसबारे थप बुझ्न राजपाका महासचिव केशव झासँग सम्पर्क गर्दा उनले दुवै पदमा आफूहरुले जितेको प्रष्ट पारे । ‘मेयर र उप मेयर दुबैमा हामीले नै जितेका हौँ । अहिले काँग्रेसले बलमिच्याइँ गरिरहेको छ । तर, त्यो कुनै पनि हालतमा मान्य हुने छैन ।’ उनले भने,‘मेयरमा राम विनयले तीन हजार चार सय र उप मेयरमा रिता देवीले ३१ मत पाउँनुभएको हो ।  अहिले यो विषयमा बैंठक भइरहेको छ । केही समय पछि नै सबै कुरा प्रष्ट हुन्छ ।’ बलवा नगरपालिकाको मेयर र उपमेयर दुवैमा जित हात पारेसँगै विजय जुलुसमा निकाल्दै गर्दा निर्वाचन आयोगले एक्कासी विजय जुलुस रोक्न आदेश आयो । मत गणना गर्ने क्रममा गल्ति भएको भन्दै राजपाले नभई कांग्रेसका उम्मेदवारले जितेको खवर गरेसँगै राजपाका कार्यकर्ताहरुले भाँडिन पुगेका हुन् ।

यसअघि आयोगले राजपाकी उपमेयर झाले २८३८ मत र कांग्रेसकी रामदुलारी देवीले २७२७ मत पाएको भनिएको थियो । तर, विजय जुलुस निकाल्दै गाउँ गाउँमा पुग्दा उपमेयरमा २०० मतले कांग्रेस नै विजयी भएको आयोगले खवर गरेसँगै राजपाका केही कार्यकर्ताहरु धारे हात देखाउँदै आयोगतिर लम्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =