प्रदेश–२ को पहिलो महिला प्रमुखमा रिनाकुमारी निर्वाचित

रौतहट, असोज ५ । प्रदेश नम्बर–२ कै पहिलो महिला प्रमुखकारुपमा रौतहटको मौलापुुर नगरपालिकामा रिनाकुुमारी साह निर्वाचित भएकी छन् ।

नेकपा माओवादी केन्द्रको टिकटबाट रिनाकुुमारी निकटतम् प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर मत ल्याएर प्रमुख पदमा निर्वाचित भएकी हुन् ।

उनीसँगै माओवादी केन्द्रका उम्मेदवार गौरीशंकर जयसवाल मौलापुुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका छन् ।

प्रमुख साहले कुल तीन हजार ९१२ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका प्रमुखका उम्मेदवार रवीन्द्र पटेलले दुुई हजार २०८ मत प्राप्त गरेका छन् ।

यसअघि, रौतहटको परोहा नगरपालिकाबाट नेपाली कांग्रेसका शेख वकिल प्रमुख र सुुगन्धीदेवी गिरी उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुख शेखले कुुल ६ हजार ३३० मत र उपप्रमुख गिरीले ६ हजार ९० मत प्राप्त गरेका छन् ।

शेखका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार अरुण जयसवालले चार हजार मत प्राप्त गरेका छन् ।

त्यसैगरी, रौतहटको ईशनाथ नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता प्रमुखमा र हुुसेनी आरा खातुुन उपप्रमुखमा निर्वाचित भएका छन् ।

प्रमुख मेहताले पाँच हजार ७८५ र उपप्रमुख खातुुनले पाँच हजार २३६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिएका छन् ।

जिल्लाभरिका १६ नगरपालिका र दुुई गाउँपालिका गरी कुल १८ स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

देशमै चासोको केन्द्र रहेको चन्द्रपुुर नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा, नेकपा एमाले दोस्रो स्थानमा, माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी, गौर नगरपालिकामा राजपा अग्रस्थानमा, एमाले दोस्रो स्थानमा र फोरम तेस्रो स्थानमा रहेका छन् ।

११ स्थानीय तहमध्ये चार स्थानमा नेपाली कांग्रेस, चार स्थानमा मधेसवादी र तीन स्थानमा माओवादी केन्द्रको अग्रता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *