भारतमा पत्रकारको कुटेर हत्या

नयाँदिल्ली, असोज ५ । भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको छ ।

सानतानु भौमिक नाम गरेका ती पत्रकारको कुटेर हत्या गरिएको भारतीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएकोे थियो ।

भौमिकले भारतीय एक दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगार्तालाको बाहिरी इलाकामा दुई राजनीतिक पार्टीका परस्पर विरोधीबीच जारी रहेको द्वन्द्वको बुधबार समाचार संकलन गरेका थिए ।

सोही क्रममा उनको कुटेर हत्या गरिएको थियो । समाचार संकलनको क्रममा गएका उनलाई उक्त विरोध कार्यक्रममा सहभागी कार्यकर्ताले कुटेर मारेका थिए ।

यस इालाकामा जारी द्वन्द्वको क्रममा एक दर्जनभन्दा बढी प्रहरी अधिकारीसमेत घाइते भएको प्रहरी निरीक्षक अभिजित सप्तारसीले बताएका छन् ।

द्वन्द्व जारी रहेको इलाकामा ती पत्रकारको शव भेटिएको अभिजितले त्रिपुराबाट एएफपी समाचार समितिलाई बताएका छन् ।

हालसम्म पत्रकार हत्याको विषयलाई लिएर कोही पनि व्यक्ति पक्राउ परेका छैनन् । तर, जारी द्वन्द्वको क्रममा भने चारजनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *