नेपाल टेलिकमले धरहराको पुनर्निर्माण नगर्ने

काठमाडौं, असोज ५ । नेपाल टेलिकमले धरहराको पुनर्निर्माण नगर्ने भएको छ । सरकारले लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माण नगर्ने बताएको हो । धरहरासहितका पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि १ अर्ब दिने प्रतिवद्धता भने कायमै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराएको छ ।

सरकारी डिजाइनअनुसार धरहरा निर्माण गर्ने हो भने ४ अर्ब खर्च गर्नुपर्छ । सरकारले पुननिर्माणको जिम्मा टेलिकमलाई दिने निर्णय पनि गरिसकेको छ । व्यवसायिक मल बनाउने विषयमा सहमति हुन नसकेपछि टेलिकम पुननिर्माणको जिम्मा लिन तयार नभएको जनाएको छ । टेलिकमले भने धरहराभित्र व्यवसायिक मल बनाउने गरी ७ अर्ब लगानी गर्ने प्रस्ताव गरेको थियो ।

तर, सरकारले धरहराभित्र व्यवसायिक मल खडा गर्न नमिल्ने र खाली क्षेत्र छोड्नुपर्ने भन्दै टेलिकमको प्रस्तावलाई अस्वीकार गरेको हो । धरहरा पुनर्निर्माण अन्यौलमा परेपछि पुनर्निर्माण प्राधिकरणले हालै मात्र टेलिकमलाई पत्र लेखेर धरहरा निर्माण गर्ने कि नगर्ने स्पष्ट जवाफ दिन आग्रह गरेको थियो । प्राधिकरणलाई दिने जवाफबारे छलफल गर्न बसेको बैठकमा टेलिकमका अधिकारीहरुबीच धरहरा पुनर्निर्माणबाट हात झिक्ने निश्कर्षमा पुगेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *