स्ववियु सभापतिको कोठामा आगजनी

एन एच पाैडेल, पोखरा । पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसका स्ववियु सभापति इन्द्र पौडेलको कोठामा तोडफोड र आगजनि गरिएको छ । क्याम्पसको छात्रवासमा बस्दै आएका पौडेल, हिजो बेलुका साथीको कोठामा बस्न गएको मौका छोपेर आगजनी गरिएको बताइएको छ ।

क्याम्पसको सुरक्षार्थ खटिएका सुरक्षा कर्मीमाथी हातगरी क्याम्पस भित्र पसेर नेविसंघका १५/२० जनाको जथ्थाले आगजनी गरेको सुरक्षार्थ खटिएका कर्मचारीले बताएका छन् । नेबिसंघका एकाई सभापति अमन भुषाल नेतृत्वको जथ्थाले आगजनी गरेको आरोप स्ववियु निकटस्थहरुले लगाएका छन् । कलेजको स्ववियु निर्वाचन एमाले निकट अखिलले इन्द्र पौडेलको नेतृत्वमा जितेको थियो । नेवि सङ्घ र अखिल क्रान्तिकारीले स्ववियू सभापतिको क्रियाकलाप विरुद्ध यसअघि पटक पटक विज्ञप्ति जारी गर्दै आएका थिए ।

आगजनीका कारण कोठामा भएका सम्पूर्ण सामाग्रीहरू जलेर नष्ट भएका छन् । झ्यालका सिसा, कुर्सी टेवलहरु फुटाईएका छन् । कोठामा भएका बेड विस्ताराहरु बाहिर ल्याएर जलाईएको छ । स्ववियू सभापति पौडेलले आफू साथीको कोठामा भएको कारण ज्यान बचेको बताएका छन् । रुम पार्टनर किरण न्यौपाने समेत नभएको मौका छोपेर आएको हुलले आफूमाथि आक्रमण गर्ने योजनामै क्याम्पस भित्र छिरेको बताए ।

तर, क्याम्पस प्रशासनले भने घटना सामान्य भएको बताएको छ । घटनाबारे यथार्थ जानकारी दिन क्याम्पस प्रमुख रामप्रसाद पौडेल पन्छिएका छन् । उनले सामान्य घट्ना भन्दै पन्छिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *