आगलागीमा एकै परिवारका चारजनाको सुतैकै ठाउँमा मृत्यु
२०७४ जेठ १५ गते

“
मोरङ, असोज ५ । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा भएको आगलागी हुँदा चारजनाको जलेर ज्यान गएको छ । बुधबार राति घरमा सुतिरहेका बेला आगलागी हुँदा घरका सबै चारजनाकै ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा घरमुली चन्द्रकुमार राई उहाँकी आमा गंगामाया राई, श्रीमती पार्वती राई, बहिनी बिष्णुमाया राई छन् । तीनजनाको शवको अवशेष भेटिएपनि चन्द्रबहादुरको शव भने नभेटिएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए ।
राति १ बजेतिर बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । २ बजेतिर आगो लागेको बारे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘आगलागी भएको घर काठको भएको र घरमा डिजेल पेट्रोल तथा मट्टितेल बेच्ने गरिएको कारण आगो निभाउन समस्या भएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








