दश बैंकले ल्याए १० प्रतिशत नगद फिर्ता योजना


असोज ४, काठमाडौँ । नेपालीहरूको महान् चाडपर्वहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड तथा सानिमा बैङ्कका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकहरुले संयुक्त रूपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी १० प्रतिशत नगर फिर्ता योजना सार्वजनिक गरेका छन् ।

आफ्नो भिसा कार्डका ग्राहकहरुलाई एटिएमबाट पैसा मात्र नझिकी सिधै बिक्री केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको विकास गराउने उद्देश्यले १० प्रतिशत नगद फिर्ता योजनाको घोषणा गरिएको हो ।

यस योजनाअन्तर्गत भिसा कार्ड बाहकहरुले आफ्नो आन्तरिक भिसा डेविट वा क्रेडिट कार्ड नेपाल भित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्री केन्द्रहरुबाट सर–सामान खरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतिशत नगद आ–आफ्नो खातामा फिर्ता पाउँने छन् ।

साथै यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एक पटकमा कम्तीमा रु ५००/–सम्मको सामान खरिद गर्नुपर्ने हुन्छ भने कार्ड बाहकले प्रत्येक दिन रु १०००/– सम्ममात्र नगद फिर्ता पाउनेछन् ।

यस योजनाबाट सेन्चुरी बैङ्क, ग्लोबल आइएमई बैङ्क, कुमारी बैङ्क, महालक्ष्मी विकास बैङ्क, मेगा बैङ्क, एनसिसि बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सानिमा बैङ्क र टुरिजम डेभलपमेन्ट बैङ्कका भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *