एएफसी यू १६ च्याम्पियनसिपः नेपालको खराब शुरुवात
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ४ । एएफसी यू १६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को खेलमा नेपालले खराब शुरुवात गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको पहिलो खेलमै नेपाल इराकसँग पाराजित भएको छ ।
पहिलो हाफ गोररहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा इराकले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । इराकका मोहम्मद लुय मन्डलावीले गोल गरेका हुन् ।
जितसँगै इराक अंक तालिकामा ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । बुधबार भएको पहिलो खेलमा भारतले प्यालेस्टाइनलाई ३–० ले पराजित गरेको थियो ।
छनोट अन्तर्गत समूहको शीर्ष स्थानमा रहने टोली स्वतः अन्तिम चरणको लागि छनोट हुनेछ भने १० समूहका दोस्रो स्थानमा आउने शीर्ष ५ टोलीले पनि सन् २०१८ मा मलेसियामा हुने एएफसी यू१६ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने छन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








