पोखरामा सर्वाधिक राशिको सिम्पानी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने

असाेज ४, पोखरा । पोखरामा आगामी असोज २३ गते देखि सर्वा्धिक राशिको पाँचौँ सिम्पानी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज २३ देखि २८ सम्म सञ्चालन हुन भएको हो । त्रिशक्ति समाज सेवा क्लब पोखराले बुधवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको बारे जानकारी दिएको हो ।

‘स्वास्थ्यको र विकासका लागि खेलकुद’ भन्ने नाराको साथ आयोजित प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । भने, दोस्रोले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पाउने आयोजकले जनाएको छ ।त्यस्तै अनुशासित टिम, सर्वोत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ताका लागि जनही १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने खेलकुद संयोजक मिलन गुरुङले जानकारी दिए ।

अध्यक्ष जीसीले विजेतालाई प्रदान गरिने २ लाख राशिको सेभेन ए साइड फुटबल प्रतियोगिताकै सबैभन्दा धेरै राशि भएको दाबी गरेका छन् । उनका अनुसार पोखरामा मात्र नभएर प्रदेश नम्बर ४ मानै सबै भन्दा धेरै राशिको पुरस्कार हो ।

प्रतियोगितामा टिम दर्ता शुल्क १० हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ६५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भने, ९ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको अध्यक्ष बासु जिसीले बताए ।प्रतियोगिताबाट बचत भएको रकमले क्लबको भवन मर्मतमा खर्च गरिने जिसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *