राजपा नेपालकाे पक्षमा तेस्राे चरणकाे निर्वाचनकाे पहिलाे परिणाम

असोज ४, धनुषा । तेस्रो चरणको स्थानीय तहको निर्वाचनकाे पहिलो परिणाम राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा आएको छ । धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् ।

प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३२० मत पाए भने रेणुदेवीले ३ हजार २७६ मत पाइन् । त्यस्तै, मेयरका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए । भने, उपमेयरका उम्मेदवार काँग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *