नेपाल सरकारका सबै सूचनाहरू मोबाइलबाटै हेर्न सकिने

असोज ४, काठमाडौँ । नेपाल सरकारका सबै सूचनाहरू मोबाइलबाटै हेर्न सकिने भएको छ । बुधवार विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोराले नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु मोबाइलमै पढन सकिने गरी तयार पारिएको ‘नेपाल राजपत्र मोबाइल एप्लीकेसन’ सेवा शुभारम्भ गरेपछि यस्तो अवसर जुरेको हो ।

डब्लू डब्लू डब्लू डट राजपत्र डट जिओभी डट एनपी बाट नेपाल सरकारका नयाँ तथा पुराना राजपत्रहरु सजिलै पढन सकिने गरी ‘नेपाल राजपत्र मोबाइल एप्लीकेसन’ सेवा शुभारम्भ गरिएको मन्त्री बोहोराले जानकारी दिए । उनले विज्ञान र प्रविधिको क्षेत्रको विकासका लागि सरकारले सम्बन्धित विश्वविद्यालयसँग सहकार्य गरेर काम गर्न चाहेको पनि स्पष्ट पारे ।

मन्त्री बोहोराले सङ्घीय ढाँचा अनुसार विज्ञान तथा प्रविधिको क्षेत्रको विकासमा सरकार लागि परेको पनि स्पष्ट पारे । उनले विश्वका विभिन्न मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत नेपालीहरूलाई नेपालको हितमा काम गराउने गरी गुरुयोजना बनाउन लागिएको पनि जानकारी दिए ।

कार्यक्रममा मन्त्री बोहोराले सरकार सूचना प्रविधिको विकासमार्फत् मुलुकको दिगो विकास गर्न प्रतिबद्ध रहेको पनि स्मरण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *