सभामुख घर्ती आज चीन जाँदै

काठमाडौं, असोज ४ । व्यवस्थापिका संसदबाट एकै दिन सात वटा विधेयक पारित भएका छन् । संसद्को मंगलबार बसेको बैठकले सात वटा विधेयक पारित गरेको हो । बैठकले थारु आयोग र मुस्लिम आयोग विधेयक पारित गरेको छ ।

त्यसैगरी सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा नवौं संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको विधेयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकसमेत पारित भएका छन् ।

सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा निस्कने भएपछि एकै दिन धेरै विधेयक पारित गरिएको हो । सभामुख घर्ती आज चीन भ्रमणमा जाँदै छिन् ।

संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीचमा दसैं, तिहारलगायत चाडपर्वसमेत परेका कारण मंगलबार संसद बैठक दुई पटक बसेर विधेयकहरु पारित गरिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *