बिभिन्न पत्रपत्रिकामा छापिएका आजका सम्पादकीय यस्ता छन्

काठमाडौं, असोज ४ ।अनियमिततामा अनुसन्धान : नागरिक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल आयल निगमको ईन्धन भण्डारण प्रयोजननिम्ति

जग्गा गरिद गर्दा अनियमिततामा संलग्न भएको ठहर गर्दै यसका कार्यकारी निर्देशक गोपाल खड्कालाई हटाउने जुन निर्णय गरेको छ, त्यो आफैमा सकारात्मक कदम हो ।

तर उनलाई हटाईनुमात्रै पर्याप्त छैन, उनले यसअघि गरेका अनियमिततामा थप कारबाही गर्नुपर्छ अन्यता उनलाई कारबाहीभन्दा पनि उन्मुक्ति दिएको अर्थ लाग्नेछ ।

भ्रष्टाचारको छानविन र नियन्त्रणका लागि संवैधानिक अख्तियारी पाएको अख्तियार दुरुपयोग अनुन्सधान आयेगले यो मुद्धामा समयको मागलाई ध्यानमा राखेको भए मन्त्रिपरिषद्ले हटाउने निर्णय गर्नुपर्ने थिएन ।

खड्कालाई बर्खास्त गर्दैमा आयल निगम अनियमितता प्रकरणको अन्त्य भएको छैन ।
उनीमाथि गम्भिर छानविन र कारबाही गर्नुपर्छ ।

सरकारको बेथिति : नेपाल समाचारपत्र 

नौ-नौ महिनामा सरकार परिवर्तन हुने त परम्परा नै बनिसक्यो ।

देश र जनताको चिन्ता गर्नेभन्दा पनि कसरी हुन्छ सरकारमा सहभागी हुने र आफ्नो स्वार्थ पुरा गर्ने भन्नेमा राजनीतिक दलहरु लागेका छन् ।

घुमिफिरी रुम्जाटार भनेझैँ राजनीतकि दलहरुले एक आपसमा विवाद गरे पनि सत्तास्वार्थमा आएर उनीहरु एकताबद्ध हुने गरेका छन् । देशमा राजनीतिकरुपमा परिवर्तन भएको छ तर दलहरुको सोच र संस्कारमा भने पटक्कै परिवर्तन हुन सकेको छैन ।

देशको समृद्धिभन्दा पनि आफु र आफ्नो दलको स्वार्थ कसरी पुरा गर्न सकिन्छ दौडमा राजनीतिक दलहरु लागेका छन् ।

आचासंहिता पालनामा अटेरी : कान्तिपुर 

निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लघंन गरेको ठहर गर्दै त्यस्तो कार्य नगर्न नगराउन सरकारलाई गराएको ध्यानाकर्षणसमेत बेवास्ता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दुई राज्यमन्त्री थपेका छन् ।

५४ सदस्यीय मन्त्रिपरिषद बनाउँदा निर्वाचन आयोगले चुनावको निष्पक्षतामा असर पर्न सक्ने भन्दै चिन्ता जाहेर गरेको एक सातामै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुन विस्तार गरेका  हुन् ।

निर्वाचन आयोगले सचते गराउँदा गराउँदै पनि अटेर गर्नु संवैधानिक निकायको अवमुल्यनसमेत हो ।

सवारीमा सवाधानी : अन्नपुर्ण पोष्ट

दसैं नजिकिँदै गर्दा बजार, यातायात सवैतिर भीडभाड बढेको छ ।

पारिवारिक जमघटको यो अवसरलाई उल्लासमय बनाउन मानिसहरु घर फर्कन थालिसकेका छन् ।

काठमाडौं छोडेर बाहिरी सहर जाने र भित्रिने क्रम सुरु भईसकेको छ ।
जुन केही दिनपछि बढेर जानेछ ।

सुख पारिवारिक मिलनको यो अवसरमा दुःखद दुर्घटनाका खबरसमेत संगै आउन थालेका छन ।
त्यस्तो त दुर्घटनामा आफैँमा दुःखद संयोग हो ।

यो जुन कुने बखत मानवीय कमजोरीका कारण घटित हुन सक्छ ।
तर दसैंको बेला दुर्घटनाका खबर अरु बेलाभन्दा बढी आउने गरेको पाइन्छ ।

तयसकारण दुर्घटना जोखिमबाट बच्न यो बेलामा यात्र, चालक र यो क्षेत्रलाई नियमन गर्ने निकाय सबैभनदा बढी चनाखो हुनपर्छ ।

क्षमताभन्दा बढी यात्रुसहित सवारी चलाउने, सवारी चलाउादा  जाँचबुझ गरेर मात्रै चलाउने, टाढाको यात्रामा एउटै चालकको प्रयो नगर्ने आदि सवाधानीका उपाय अवलम्बन गर्न सके दुर्घटनाका जोखिमबाट बच्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *