हंस प्रोडक्सनद्वारा जनचेतना मूलक सडक नाटक आयोजना

असोज ३, सुनसरी । हंस बाहीरी प्रोडक्सन प्रालीले सडक नाटक कार्यक्रमको सफल आयोजना गरेको छ । सुनसरीको विकट गाँउहरुमा कम्पनीले सडक नाटक प्रस्तुत गरेको हो ।

नेपाल ग्रामीण पूर्ण निर्माण संस्था र सामुदायिक विकास कार्यक्रमको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । बाढी पहिरोबाट बच्ने उपाय, स्वास्थ्य सम्बन्धी जानकारी, आगलागीबाट बच्ने उपाय, भुइचालोबाट बच्ने तरिका लगायतका जनचेतना मुलक सन्देश सडक नाटक मार्फत दिइएको थियो ।

शम्भु कार्की र देवनारायण शर्मा संयोजक रहेको उक्त कार्यक्रममा कृष्ण नेपाल, कल्पना आचार्य, दिनेश कोइराला, सफल अधिकारी, आनन्द बस्नेत, पुन्जन विश्वास, प्रदिप मेहताले अभिनय गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =