बार्सीलाेना पाचाै खेल खेल्दै, डेम्बेले नहुँदा आक्रमण लाइनमा समस्या

“
एजेन्सी । स्पेनिस ला लिगामा आज शीर्ष स्थानको बार्सिलोना आफ्नो पाँचौँ खेल खेल्दैछ । सिजनको पाँचाै खेल खेल्न बार्सिलोना आज आफ्नै क्याम्प नोउमा उत्रिँदैछ । यस अघिका चारै खेल जितेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेकाे बार्सिलोना आज पनि घरमा जितेर शीर्षमै रहने दाउमा छ । बार्सिलोनाको खातामा हाल कूल १२ अङ्क छ । ऊ दोस्रो स्थानको सेभिल्लाभन्दा २ अङ्कले अगाडि छ ।
यता, हाल अङ्क तालिकाको १३ औँ स्थानमा रहेको एइबारले ६ अङ्क अाफ्नाे खातामा जोडेको छ । बार्सिलोनाको मैदानमा उत्रिँदा आज एइबारको दाउ उसलाई कम्तीमा पनि बराबरीमा रोक्नु हुनेछ । लामो कसरतपछि नेइमारको ठाउँमा आएका युवा स्ट्राइकर डेम्बेले आजको खेलमा हुने छैनन् । उनी चार महिना मैदानबाहिर रहने बार्सिलोनाले स्पष्ट पारिसकेको छ ।
डेम्बेलेबिनै मैदान उत्रिने बार्सिलोनाले आज उनको विकल्पमा अन्य खेलाडीलाई आक्रमण लाइनमा उतार्नेछ । अथवा, उसले फर्मेसन परिवर्तन गरेर पनि टिम उतार्ने सम्भावना छ । खेल नेपाली समयअनुसार आज राति (बुधवार बिहान) १ः४५ बजेदेखि सुरु हुनेछ ।
“








