५ सय बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश, अाेलीले गच्छादारलार्इ दिए यस्ताे सुझाव

असाेज ३, सुनसरी । सुनसरीको दुहवीमा विभिन्न पार्टी परित्याग गरी ५ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले क्षेत्र नम्बर ३ सुनसरीको आयोजनमा गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । पाटी प्रवेश गर्नेहरूलार्इ एमाले अध्यक्ष केपी शर्मा अाेलीले स्वागत गरेका थिए ।

पाटी प्रवेश कार्यक्रममा अाेलीले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाई आगामी निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव समेत दिए । उनले अब सुनसरी क्षेत्र नम्बर तीनको इतिहाँस परिवर्तन हुँदैछ भन्दै गच्छदार आफ्नो मित्र भएकोले नजित्ने ठाउँमा नउठ्न सल्लाह दिए । उनले भने, “गच्छदार जी अब यो क्षेत्रबाट उठ्ने झण्झट नगर्नुस”।

लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाली कांंग्रेस र माओवादीका नेता तथा कार्यकर्ताहरुलार्इ एमाले अध्यक्ष अबिर टीका लगार्इ स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =