राैतहटमा काँग्रेस र माअाेवादीले खाेले खाता

असाेज ३, चन्द्रपुर । तेस्रो चरणकाे निर्वाचनको मतगणना जारी रहेको छ । राती अबेरबाट भएको मतगणनाको मत परिणामा सुन्नका लागि सर्वसाधारणको मतगणना स्थलमा भिड लागेको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा जारी मतगणना अनुसार नेकपा एमाले, नेपाली काग्रेस र माओवादी केन्द्रको मत लगभग बराबर जस्तै रहेको छ ।

पछिल्लो परिणाम अनुसार प्रमुख पदमा माओवादी केन्द्रका युवराज भट्टराईले ३८४ मत पाएका छन् । त्यस्तै, नेपाली काग्रेसका रामचन्द्र चौधरीले ३३३ मत पाएका छन् । नेकपा एमालेका उद्धव रेग्मीले ३३४ मत ल्याएका छन् । अहिले चन्द्रपुर नगरपालिकाको १,२,९ र १० नम्बर वडाको मतगणना जारी रहेको छ ।

यता जिल्ला सदरमुकाम गौर नगरपालिकामा समेत मतगणना जारी रहेको छ । गौर नगरपालिकामा नेकपा एमाले र राजपा नेपालका प्रमुख पदका उम्मेदवार अग्रपंत्तिमा देखा परेका छन् । पछिल्लो मत परिणाम अनुसार गौर नगरमा नेकपा एमालेका सम्भु साहले ३४३ मत पाएका छन् । गौरमा राजपाका अजय गुप्ताले ३७४ मत पाएका छन् ।

रौतहटको बिजयपुर फतुवा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार सञ्जय साह विजयी भएका छन् । यता रौतहटको इशनाथपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका वडा अध्यक्ष उम्मेदवार बिगु ब्यास १९२ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *