​संघीय समाजवादी फोरमले खाता खोल्यो, वडाध्यक्षमा विजयी

काठमाडौं, असोज ३ । सर्लाहीको बरहथवा नगरपालिकाको – १८ मा संघीय समाजवादी फोरमका प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा मुलेश्वर राय प्यानलसहित विजयी हुनुभएको हो । बरहथवा सर्लाहीको सबैभन्दा ठूलो नगरपालिका हो । यस्तै २० स्थानीय तहमध्ये १० वटामा मतगणना भइरहेको छ ।

लालबन्दी नगरपालिकाको मत पेटका ल्याउन नसक्दा मतगणना हुन ढिलाई भएको छ । खोलामा बाढी आएका कारण मत पेटिका ल्याउन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाढी घटेमा गाडीबाट र नघटे हेलिकोप्टरमार्फत ल्याइने निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =