एनआइसी बैङ्कका कर्मचारीलाई जानबी कोर्षमा सहभागी हुने


असोज २, काठमाडौँ । एनआइसी एसिया बैङ्क लिई.का कर्मचारीलाई जानबी कोर्षमा सहभागी गराईने भएको छ । बैङ्कका ३ सय ८८ कर्मचारीलाई जानबी कोर्ष गराउन नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र बैङ्क बिच आज सम्झौता भएको छ ।

बैङ्कले लर्निङ एण्ड डेभलपमेन्ट एक्टिभिटिजलाई थप गतिशीलता प्रदान गर्नको लागि एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको छ । बैङ्कले निकट भविष्यमा नै लर्निङ एण्ड डेभलपमेन्ट एक्टिभिटिजलाई थप उचाइमा पु¥याउनको लागि लर्निङ एण्ड डेभलपमेन्ट एकाडेमीको स्थापना गरी बैङ्किङ सम्बन्धी सम्पूर्ण लर्निङ एण्ड डेभलपमेन्ट एक्टिभिटिजहरु सञ्चालन गर्ने बृहत् लक्ष्य समेत लिएको बताएको छ ।

जानबी सम्झौता अनुसार बैङ्कले ३८८ जना कर्मचारीहरूलाई जानबी कोर्समा संलग्न गराउने छ । बैङ्किङ क्षेत्रमा नै यति ठुलो सङ्ख्यामा जानबी कोर्ष गराउने पहिलो बैङ्क नै एनआइसी एसिया बैङ्क हो । यस सम्झौता अनुरूप बैङ्कले, एनविआइद्वारा सञ्चालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरूमा विशेष छुट समेत पाउनेछ । जानबी सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरी एनविआईद्वारा लिने परिक्षाहरु उत्तीर्ण गर्नुपर्ने हुन्छ । त्यस्ता परीक्षाहरु हरेक वर्ष जून र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन गर्नेगरेको एनविआईले जानकारी गराएको छ । त्यस्तो परीक्षा उत्तीर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३४८ जना मात्रै जानबी सर्टिफाईड बैंकरहरु रहेको एनविआईले समेत जानकारी गराएको छ ।

बैङ्किङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकोे यो बैङ्कले आफूलाई देशकै नम्बर एक बैङ्कको रूपमा स्थापित गर्ने महत्वकांक्षी लक्ष्यका साथ आफ्ना कर्मचारीहरूलाई पनि बैङ्किङ क्षेत्रमा उत्कृष्ठ कर्मचारी बनाउन यो कार्यक्रम ल्याएको हो ।

उक्त सम्झौतापत्रमा एन. आई. सी. एसिया बैङ्कका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बा बिच हस्ताक्षर सम्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *