माओवादी केन्द्र र फोरमका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

असोज २, राैतहट । माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमका कार्यकर्ताबीच रौतहटको मौलापुर नगरपालिका ३ मा झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर समेत गरेको थियो ।

माओवादीले गैर मतदानतनलाई एजेन्टका रूपमा प्रवेश गराएको भन्दै फोरमका कार्यकर्ताले विरोध जनाएपछि विवाद भएको थियो । त्यसक्रममा भएको झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर गरेको हाे । झडप प्रावि गम्हरिया पतौरा मतदान केन्द्रमा भएकाे थियाे ।

झडपका कारण झन्डै एक घण्टा मतदान अवरुद्ध भएको थियो । भने, हाल मतदान सुरु भइसकेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =