दुई मन्त्रीद्वारा मतदान, एक स्थानमा तनाव
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
राजविराज, २ असोज ः संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिका अन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गर्नुभयो । सो मतदान केन्द्रमा ४३४ मतदाता रहेका छन् ।
त्यस्तै जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । सो मतदान केन्द्रमा एक हजार ३६४ मतदाता रहेको र मतदाता लामबद्ध भई मतदान कार्यमा सहभागी भएका छन् ।
यसैबिच हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । हाल त्यहाँ सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)