एनसेलको टावरमा अज्ञात समुहद्धारा आगजनी
२०७४ जेठ १५ गते

“
असाेज २, राैतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ कलटोल स्थित रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । शनिवार बिहान १ बजे एनसेल टावरको केवल (तारहरुमा) आगजनी गरेको छ ।
आगजनीबाट एनसेलको टावरमा क्षति पुगेका कारण मोबाइल प्रयोगकर्ता मर्कामा परेका छन् । एनसेलको केवल जलेका कारण पुन केवल जडान गरी संञ्चालन गरिने जनाइएको छ । आगजानी गर्ने समूहको खोजी भई रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । टावरमा क्षति पुग्ने गतिविधि कुनै किसिमको गतिविधि नगर्ने एनसेलले सबैमा अनुरोध गरेको छ ।
एनसेलको टावरमा आगजानी भएपछि अहिले सो भेगका करिब हजारौँ प्रयोगकर्ता मारमा परेका छन् । छिटो भन्दा छिटो मर्मत गरी पुन टावर संञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








