गुणस्तरिय पाेसाक छनाैटका लागि ‘फरएभर इन्टरप्राइजेज’

असोज १, काठमाडौँ । करिब ३ वर्ष अघि स्थापना भएको फरएभर इन्टरप्राइजेजले काठमाडौमा पोसाक उपलब्ध गराउने कम्पनीहरू माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । कम्पनीले विभिन्न स्कुल, कलेज तथा कुनै पनि कम्पनीका लागि आवश्यक पोसाक उपलब्ध गराउदै आइरहेको छ । यस कम्पनीले भारत र चीनबाट गुणस्तरिय पोसाक आयात गर्दै विद्यालय तथा कलेजमा उपलब्ध गराउदै आइरहेको  बताएकाे छ ।

फरएभरले स्कूल, कलेजका पाेसाकसँगै अफिसियल ड्रेस तथा अन्य पोसाक समेत सस्तो दररेटमा उपलब्ध गराउँदै आएको कम्पनीका सीईओ उदीप खड्काले बताए–‘विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका तथा अफिसियल पोसाक गुणस्तरीय  र सुपथ मूल्यमा पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ ।’ उनले भने ।

कम्पनीले हाल स्कुल र कलेजका लागि टाई, बेल्ट, स्वेटर, ज्याकेट, ब्याग, जुत्ता, मोजा, टि सर्ट लगायतका कपडा उपलब्ध गराउँदै आइरहेको छ। कम्पनीले काठमाडौका १०० भन्दा बढी स्कुल, कलेजका लागि काम गर्दै अाइरहेकाे छ । फरएभरले स्थापना भएकाे छाेटाे समयमै ग्राहककाे मन जित्न सफल भएकाे छ । सीइओ खड्का बताउँछन् ।–’हामीले काठमाडौंका १०० भन्दा बढी स्कुलमा पोसाक उपलब्ध गराएका छौं जसबाट ५० हजार बढी विद्यार्थीले लाभ उठाएका छन् ।’

ब्यवसायिक काम सँगै फरएभर सामाजिक क्षेत्रमा समेत सकृय रहेको छ । कम्पनीले अहिलेसम्म १० वटा स्कुलका विद्यार्थी, विभिन्न सामाजिक संघ सस्था, एनजिओ, आईएनजीओलाई निःशुल्क पाेसाक समेत उपलब्ध गराइसकेको छ ।

भनिन्छ, ब्यक्तित्व विकासका लागि  पहिरन पहिलाे माध्यम हाे । तपाइले अार्कषक र सुहाउँदाे पाेसाक लगाएर हिँड्नु् भयाे भने, तपाइकाे ब्यक्तित्वमा निखार अाउँछ । बजारमा पाइने छ्यासछ्याती पाेशाक मध्ये राम्राे अार्कषक र सुहाउँदाे पाेसाक छनाैट गर्न धेरै कठिन हुन्छ । यदि तपाइ फरएभरमा जानुभयाे भने, तपाइले खाेजे जस्ताे राेजेजस्ताे पाेसाक सुफथ मुल्यमा पाउनु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *