एसीसी यू-१९ क्रिकेटमा नेपाल र हङकङ मैदानमा
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १ । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधिका लागि नेपाल र हङ्कङ भिडिरहेका छन् ।
मलेसिलाको किन्नरा ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।
आजको खेलको विजेताले छनोटको उपाधिसँगै मलेसियामै हुने एसिया कपका लागि छनोट हुनेछ ।
नेपाल सेमिफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । त्यसैगरी हङकङले सिंगापुरलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता विश्व क्रिकेटका महारथी देशले पनि खेल्नेछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








