७० वर्ष कटेपछि चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्ने रक्षामन्त्रीको धारणा

काठमाडौं, भदौ ३१ । रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताउनुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानले युवालाई राजनीतिमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव लड्न नपाउने गरी कानूनीरुपमै व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

सधैं आफैंले मात्रै अवसर पाउनुपर्छ भन्ने मानसिकता नेताहरुले छाड्नुपर्ने प्रधानको भनाइ थियो । मन्त्री प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता आउने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक स्थिरतासँगै देश आर्थिक रुपमा समृद्धि बन्न्े भन्दै उहाँले आर्थिक समृद्धिले मात्रै देशमा शान्ति स्थापना हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *