सुनकोशी, दूधकोशी पुलले विकासको ढोका खोल्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनकोशीको पुलले खोटाङ र उदयपुरको विकासको ढोका खोलिने विश्वास व्यक्त गर्नुभएको छ । उदयपुरको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी, दूधकोशी पुलको शिलान्याश गर्दै प्रशानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

पुल निर्माण भइसकेपछि उदयपुर र खोटाङका नागरिकले विकासको महसुस गर्न पाउने देउवाले बताउनुभयो । उहाँले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत पुलले भविष्यमा ठूलो टेवा पु¥याउने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगको २२ करोड २५ लाखको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई २०० मिटर छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले समेत सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *