सुनसरी केबलमा छापा

इटहरी, भदौँ ३१ । आन्तरिक राजश्व कार्यलय धरानले इटहरीमा रहेको सुनसरी केवल नेर्टवर्कमा छापा मारेको छ । ब्यावसाय गर्दा कर छली गरेको भन्दै उक्त केबलमा छापा मारेको आन्तरिक राजश्व कार्यलय धरानले जनाएको छ ।

केवल नेर्टवर्कबाट ग्राहकको कम्पुटर डाटा,लेजरहरु लगायत आवश्यक खातापाताहरु समेत राजश्व कार्यलयले नियन्त्रणमा लिएको छ ।
धरानका कर अधिकृत नेत्र घिमिरेले कर छली गरेको आंशकामा केवलबाट खातापाता नियन्त्रणमा लिएको बताए । उनले भने आम्दानी रसिदहरुका साथै केवल विरुद्ध परेको उजुरीको छानबिन गर्ने नियन्त्रणमा लिएको बताए ।

केवल सञ्चालक प्रेम बस्नेतले केही समय अगाडी पनि नवरगं टिभी सेन्टर हुँदा पनि साढे पाँच लाख रुपैयाँ जरीवना तिरेका थिए साथै उनले नै सञ्चालन गरेको शसुल्क च्यानल डिटिएच प्रयोग गरी कर छल्दै आएकोले जिल्ला प्रशासन कार्यलय सुनसरीले कार्वार्हीको पत्राचार गरे पनि आर्थिक चलखेलको कारण केवलमाथी कार्वार्ही भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *