कास्की प्रशासनले लगायो विचौलियालाई प्रतिवन्ध, पाँच पक्राउ

एन एच पौडेल
पोखरा, भदौ ३१ । सेवाग्राहीहरुलाई सेवाको नाउँमा दुख दिएर आर्थिक लाभकोलागि दुख दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि कार्यलय प्रवेशमा विचौलियालाई रोक लगाएको छ । शुक्रबार कार्यालय परिसरवाट ५ जना विचौलियालाई पक्राउ गरेर कागज गराई छाडिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

सेवाग्राहीको काम गर्ने नाममा कागजपत्र लिएर कार्यालय भित्र विचौलिया पसेको फेलापारे कडा कारवाही गर्ने उनले बताए । प्रशासनले सेवाग्राहीहरुको सुविधाकोलागि स्थानीय तह र अन्य निकायबाट सिफारिस भएर आएका सेवाग्राहीले निवेदन लेख्न नपर्ने व्यवस्था गरिएको प्रजिअ अधिकारीले बताए ।

‘सेवाग्राहीहरुलाई सहज र सरल सेवा दिन निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएका छौ, तर, विचौलिया र लेखापढी व्यवसायीहरुले निवेदन लेख्नु पर्ने भन्दै नागरिकलाई दुख दिएका छन्, त्यसैले उनीहरुलाई प्रवेश निषेध गरिएको हो’उनले भने ।

कार्यालयले दिने सम्पूर्ण सेवा प्रक्रियाका बारेमा जानकारी दिने उदेस्यले जिल्ला प्रशासन कार्यालय कास्कीको आफ्नै मोवाईल एप्स समेत बनाएको छ । मोवाईल एप्समा कार्यालयबाट प्रदान गरिने सेवा, आवश्यक कागजपत्र, लगायतका महत्वपूर्ण सूचनाहरु राखिएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =