मोटरसाइकलको ठक्करबाट दाङमा एकको मृत्यु

“दाङ , भदौ ३० । मोटरसाइकलको ठक्करबाट तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उप महानगरपालिका ७ मोतिपुर निवासी ६४ बर्षका गोरे गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरबाट घोराही तर्फजाँदै गरेको रा२प४३९३ नम्बरको मोटरसाइकलले तुलसीपुर घोराही सडकको हात्तिखौवामा शुक्रबार दिउँसो ठक्कर दिएको थियो ।

गम्भीर घाइते गिरीलाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको  छ ।

मोटरसाइकलसहित चालक तुलसीपुर उपमहानगरपालिका १९ निवासी बसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *