बद्री पंगेनीले मधेसबासीलाई उर्फादा ओली हाँस्नसम्म हाँसे

बारा, भदौँ ३० । निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा ठिक एक दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवाली र गायक बद्री पंगेनी लिएर मधेस झरेका छन् । चुनावी प्रचार प्रसारका लागि भरतपुर महानगरपालिकामा माओवादी कोपभाजनमा परेका एमाले नेता देवी ज्ञवाली र गायक बद्री पंगेनी केपीसँगै मधेस झरेका हुन् ।

तर अध्यक्ष ओलीले सत्तारुढ दल काँग्रेस र माओवादीमाथि कुनै आरोप प्रत्यारोप लगाएनन् । मात्रै उनले आफ्नो पार्टी कसरी मधेसको विरोध भएको भन्दै प्रश्नको उत्तर मागिरहे । यसरी मौन अवधि सुरु हुनुअघि (आज) बाराको सिमरा पुगेका ज्ञवालीले सत्तापक्षका अराजकता र धाँधलीको कडा विरोध गरेका थिए । भने,पंगेनीले साइ पनि एमाले मै पनि एमाले गीत गाएर मधेसी दर्शक तथा कार्यकर्ता उफारेका थिए । यससँगै दुवैले दुई चरणको निर्वाचनमा जसरी फेरि एक पटक एमालेलाई जिताउन आग्रह गरेका थिए । यता, अध्यक्ष ओली दुवैलाई पालै पालो हेर्दै मुसुमुस हाँसिरहेका देखिन्थे ।

पंगेनीभन्दा अघि चुनावी भाषण गरेका ज्ञवालीले निर्वाचनको मौन अवधि सुरु भए पनि आफू निर्वाचन नसकिएसम्म मधेस क्षेत्रमै रहेन बताएका थिए । भने भरतपुर प्रकरणबारे निकै खण्डन मण्डन गरेका थिए । कार्यक्रमको अन्तमा ओलीले देउवा र प्रचण्डका कसैमाथि आरोप नलगाई मधेसी जनतालाई ‘कसरी मधेसको विरोधी भयौँ ?’ भन्दै कडा जवाफ दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *