हवाईमार्गबाट तीन पर्यटकीय सहर जोडिए

एन एच पौडेल, कास्की । प्रमुख तीन पर्यटकीय गन्तव्य रहेका सहर हवाई मार्गमा जोडिएका छन् । यसअधि राजधानी काठमाण्डौं र पोखरमा नियमित हवाई उडान गर्दै आएको बुद्ध एयरले शुक्रवारदेखि पोखराबाट भरतपुर र भैरहवाको उडान सुरुगरेपछि तीन पर्यटकीय सहर हवाई मार्गमा जोडीएका हुन् ।

बुद्धएयरले शुक्रवार पोखरा भरतपुर पहिलो उडान प्रारम्भ गरेको छ । पोखराबाट साढे १० बजे पर्यटन ब्यवासायी र भरिभराउ यात्रु लिएर एयर भरतपुरको लागि प्रस्थान गरेको थियो । भरतपुरबाट पोखरा फर्किएर उक्त जहाज फेरि भैरहवाकालागि उडेको थियो । पोखराबाट भरतपुर पुग्न जहाजलाई ११ मिनेट लागेको थियो । यसै गरी पोखराबाट भैरहवाकालागि बिहान ११ बजेर १५ मिनेटमा जहाज उडेको थियो । पोखराबाट उडेको जहाज भैरहवामा २० मिनेटमा पुगेको थियो ।

नारायणगढ–मुग्लिन सडक स्तर उन्नतिको क्रममा रहेकाले पर्यटक आगमन प्रभावित भएको भन्दै पर्यटन व्यवसायीको आग्रहमा बुद्ध एयरले भरतपुर–पोखरा उडान सुरु गरेको हो । बुद्ध एयर पोखराका प्रबन्धक गौतम बरालका अनुसार पोखरा–भरतपुर ३ हजार ६ सय ५० र पोखरा–भैरहवाकालागि ४ हजार २ सय रुपैयाँ भाडा तोकिएको छ । नियमित उडान हुने गौतम बराले बताए । पोखरा भरतपुर र भैरहवा हवाई सेवा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकका कारण आउन नचाहेका पर्यटक भित्राउन सकिने पर्यटन व्यवसायीको अपेक्षा छ.।

बुद्धले थालेको पहिलो उडानबाट चितवनका पर्यटन व्यवसायी पोखरा आएका थिए । पर्यटन प्रवर्द्धन गर्न बुद्ध एयरकको पहिलो उडान पोखरा भरतपुर भयो । १० बजे उडान तालिका रहे पनि आधा घण्टा ढिलो साढे १० बजेमात्रै भरतपुरकालागि पोखराबाट जहाज उडेको थियो ।

पोखराबाट भरतपुर र भैरहवा दुवै स्थानमा जान १८ सिट क्षमताको वीचक्राफ्ट जहाजबाट यात्रुलाई सेवा दिने एयरले जनाएको छ । पहिलो उडानमा पोखराबाट भरतपुर जाने यात्री मध्ये ३ बच्चासहित १७ जना थिए भने भरतपुरबाट पोखरा आउने यात्रु १८ जना थिए । यसै गरी पोखराबाट भैरहवा जाने यात्रु जम्मा ५ जना र उताबाट पोखरा आउने १६ यात्रु रहेको स्टेनसन म्यानेजर बराले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *