‘छक्का–पञ्जा २’ काे युनिट प्रचार प्रसारका लागि पूर्वको धरानमा

 भाद्र ३०, धरान । नेपाली चलचित्र ‘छक्का–पञ्जा २’को प्रचार प्रसारको क्रममा चलचित्र निर्माण युनिट पूर्वको धरान आइपुगेको छ । असोज ११ गतेदेखि नेपाल भर प्रदर्शनमा आउन लागेको चलचित्रको युनिट प्रचार प्रसारका लागि पूर्व आइपुगेको हो । चलचित्र युनिटले शुक्रवार सुनसरीको धरान ९ स्थित हाङकुक कोरियन रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै ‘छक्का–पञ्जा’ले जस्तै ‘छक्का–पञ्जा २’ ले पनि सफलता हात पार्ने बताए ।

‘वडा नम्बर ६’, ‘छ ए कान छ’ र ‘छक्का पञ्जा’को सफतापछि आफूहरूले ‘छक्का–पञ्जा २’ ल्याएको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सम्मेलनमा बताइन । उनले यो चलचित्र पहिलेको भन्दा फरक भएको बताइन् । उनले भनिन, ‘पहिलाको चलचित्र छक्का–पञ्जाभन्दा फरक विषयवस्तु छ, हलमा गएका दर्शकलाई चलचित्रले निराश हुन दिदैन, चलचित्रले दर्शकलाई मनोरञ्जन दिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र २ पुस्ताका युवाको कथामा आधारित रहेकाले सामाजिक विषयवस्तु समेत बोकेको बताए । गिरीले आफूहरूले सुदूरपश्चिमका आवाजलाई उठाउने गरेको बताए । उनले भने, ‘पूर्वमा त मानिसहरूको पहुच पुगेकै छ, पश्चिमका जनता अझै पिछडिएका छन्, उनीहरूको आवाजलाई चलचित्रमा उठाउने प्रयास गरेका छौ, उनले भने ।

‘छक्का–पञ्जा २’ ‘छक्का–पञ्जा’ सिक्वेल भए पनि विषय वस्तुमा फरक छ, तर कहीँ कहीँ छक्का–पञ्जाको झल्को आउँछ।’ उनले भने, ‘हामीले गर्दा चलचित्र चलेको भन्ने होइन तर चलचित्र चल्नलाई हिन्दीको कपी गरेर पनि हुँदैन, मौलिक चलचित्र बनाएमा चल्छ भन्ने सन्देश छक्का पन्ञा २ ले दिएको छ चलचित्रका निर्माता जितु नेपालले बताए ।

उनले चलचित्रमा पुराना शब्द र लोक भाकालाई गीत बनाएर समावेश गर्दा पनि सफलता हात परेको बताए । सोही कार्यक्रममा अभिनेतृ प्रियंका कार्कीले ‘छक्का–पञ्जा’भन्दा यसमा राम्रो भूमिका रहेको र दर्शकले मनोरञ्जन लिने बताइन् । तर, फरक र राम्रो भूमिकामा पहिलाको चम्पा अलिक फरक छु ।’

करिब १ घण्टा सम्म चलेको सो पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरू दीपकराज गिरी, निर्माता जीतु नेपाल, प्रियका कार्की, वर्षा राउत, दीपाश्री निरौला लगायतकोे सहभागिता रहेको थियो । २ घण्टा २० मिनेटको रहेको चलचित्रको कुल लागत डेढ करोड रहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा २ वटा गीत सङ्गीत रहनुका साथै काठमाडौँ पोखरा, गुल्मी, पाल्पा, पनौती लगायतका स्थानहरुमा छायाङकन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *