ससुराली घरबाट गाउँपालिकाका अध्यक्ष घर्ती अपहरित

भदाै ३०, काठमाडाै । थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरमा रहेका उनलाई बिहीबार राति अज्ञात समूहले अपहरण गरेको जानकारी प्रहरीले दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार राति करिब २ बजेतिर उनको अपहरण भएको हो । माओवादी केन्द्रका प्रभावशाली स्थानीय नेता घर्ती वियोग उपनामले चिनिन्छन् ।

‘उनको अपहरणको जानकारी आएपछि प्रहरीले सबैतिर खोजी जारी राखेको छ’ रोल्पाका डिएसपी वीरेन्द्र थापाले बताए ‘खास कसले किन अपहरण गरेको हो भन्ने अहिलेसम्म कुनै सङ्केत मिलेको छैन ।’

रोल्पाका माओवादी नेताहरूको अनुमान छ, शनिवार थवाङमा आयोजना गरिने गाउँसभा उद्घाटनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले विरोधीहरुले अपहरण गरेका हुन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *