सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा

चितवन, भदौ ३० । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताउनुभएको छ ।

शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताउनुभयो । उपप्रधानमन्त्री महराले भन्नुभयो ‘निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।’ आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उहाँले शान्तिपूर्ण ढंगबाट चुनाव सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताउनुभयो ।

सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उहाँले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो ।’ पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन शुक्रबार बिहान उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आउनुभएको हो । निजी नम्बरको गाडीमा उहाँ चितवनको माडी हुँदै ठोरीतर्फ जानुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *