भोली राती १२ बजेबाट मौन अवधि शुरु, कुनैपनि प्रचारप्रसार गर्न नपाईने

काठमाडौं, भदौ २९ । स्थानीय तह अन्तरगत असोज २ गते हुने स्थानीय तहको चुनाबको लागि भोली राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म कुनै पनि किसिमको चुनाबी प्रचार प्रसार नगर्न निर्वाचन आयोगले सबै राजनितिक दल तथा उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा भएको व्यवस्था अनुसार, मौन अवधिमा चुनावी प्रचार प्रसार गर्न र मत माग्न पाईदैन । यस्तै, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने छ भने एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाईने व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग वा प्रर्दशन नगर्न पनि आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *