भोलिदेखि मतदाता परिचयपत्र बाड्ने आयोगको तयारी

काठमाडौं, भदौ २९ । निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि भोलिदेखि असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भोलि ३० गतेदेखि मतदाता परिचय पत्र वितरणको काम शुरु गर्ने जानकारी दिनुभयो ।

प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको बताएको छ । निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि तयारी पुरा भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *