गलत गर्नेलाई पाठ सिकाउन बजार अनुगमन भइरहेको मन्त्री मण्डलको भनाई

काठमाडौं, भदौ २८ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले गलतकार्य गर्ने व्यवसायीलाई पाठ सिकाउने उद्देश्यले बजार अनुगमन भइरहेको बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चको १२औं साधारणसभा तथा स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री मण्डलले कानुनको सम्मान नहुने देश अगाडि बढ्नै नसक्ने बताए ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले शासनपद्धति जति नै सुन्दर देखिएतापनि सन्चालकहरु नराम्रो भएकै कारण भ्रष्टाचार बढेको बताए ।

गलत प्रवृत्तिका व्यवसायीहरुलाई राजनीतिक संरक्षण दिइने कारण पनि राजनीतिप्रति उपभोक्ताको वितृष्णा बढेको उनले उल्लेख गरे । स्थीर र दिगो सरकार आजको आवश्यकता भएको उनको भनाइ थियो ।

७० जिल्लामा फैलिएको मञ्चको ११ उपसमिति र ३ महिला समितिहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =