भारतमा ढुंगाले च्यापेर एक नेपालीको मृत्यु

बैतडी, भदौ २७ । ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् ।

सोमबार बेलुका भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर उनको घटनास्थलमै ज्यान गएको मृतकका आफन्त महेश भट्टले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागी धारचुलास्थित एक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =