सामाजिक सञ्जालमा भाइरल बनेको ककपिटको झ्यालबाट पाइलटले खिचेका सेल्फीहरु झुठो (फोटोसहित)

काठमाडौं, भदौ २७ । सामाजिक सञ्जालमा भाइरल बनेको उडिरहेको हवाईजहाजको ककपिटको झ्यालबाट पाइलटले खिचेका सेल्फीहरु झुठो भएको स्विकार गरेका छन् । @ pilotganso नामक इन्स्टाग्रामबाट सार्वजनिक हुँदै आएका सेल्फी इन्टरनेटमा रातारात भाइरल बनेका थिए । सेल्फीमा दुबईको पाम टापु, न्युयोर्क शहरका अग्ला भवनहरु, रियो डि जेनेरियो शहरको पृष्ठभूमि देख्न सकिन्छ भने उडिरहेको हवाईजहाजबाट पाइलटले ककपिटको झ्याल खोलेर सेल्फी स्टिक निकालेको देख्न सकिन्छ ।

यता धेरै मानिसहरुले पाइलटको यस्तो कार्य आकाशमा रहेको हवाइजहाजका लागि अत्यन्त खतरनाक र जाखिमपूर्ण रहेको र विमानमा सवार यात्रुहरुको सुरक्षाको दृष्टिले पनि अत्यन्त जोखिमपूर्ण रहेकोमा प्रश्न उठाएका थिए । धेरै विवादास्पद बनेको यस्ता सेल्फी खिच्ने पाइलटले इन्स्टाग्राममा ४३ हजार फलोअर्स र १५ हजार लाइक पुयाएका छन् ।

जे होस् धेरै पछि पाइलटले सुचना जारी गर्दै पोस्ट गरेका छन् – ‘म तपाईँहरुलाई यी सेल्फीहरु झुठो हो भन्नै पर्छ ।’

फोटो स्रोत– @ pilotganso

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *