इजिप्टमा आतंकवादी संगठन आईएसद्वारा १८ प्रहरीको हत्या

इजिप्ट, भदौ २७ । इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आईएस)ले १८ जना प्रहरीको हत्या गरेको छ ।

प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा आठ जना घाइते भएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या गरेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *