आयआर्जनको माध्यामबाट महिला व्यवसायीहरुको उत्थान गर्न सरकार प्रतिबद्ध

भदौ २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयआर्जनको माध्यामबाट महिला व्यवसायीहरुको उत्थान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालले संविधानमै महिला सशक्तिकरणको माध्यामबाट व्यावसायिक महिलाहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको पनि स्पष्ट पारे । दक्षिण एसियाली महिला विकास मंचद्धारा काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय व्यवसायी महिला शिखर सम्मेलनको सोमबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लिंगीय विभेदको अन्त्य गर्दै दक्षिण एसियाली महिला व्यवसायीहरुलाई अझै सशक्त बनाउन सार्क राष्ट्रहरूले नीतिगत निर्णय नै गरिसकेको पनि स्मरण गराए । उनले दक्षिण एसियाली महिला व्यवसायीहरुको समस्या समाधान गर्न नेपालले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले महिलाहरूको उत्थानका लागि सबै राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए । २ दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियाली व्यवसायी महिलाहरूले भोग्दै आएका समस्या समाधानको विषयमा ठोस धारणा तय हुने अपेक्षा गरिएको छ । सम्मेलनमा १७ वटा दक्षिण एसियाली राष्ट्रका ८० जना भन्दा बढी महिला व्यवसायीहरुको सहभागिता रहेको छ । महिला व्यवसायीहरुबीच लगानी अभिवृद्धि गर्न र व्यापारमा सहजीकरण गर्न पनि सम्मेलन सफल हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *