धरान उपमहानगरमा पत्रकार महासङ्घ सुनसरीले बुझायो ध्यानाकर्षण पत्र

भदौ २६, धरान । आइतबार धरान उपमहानगरपालिकामा नेपाल पत्रकार महासङ्घ सुनसरीले ध्यानाकर्षण पत्र बुझाएको छ । धरान उपमहानगरपालिकाको मेयर तथा उपमेयरलाई सुनसरी महासङ्घका अध्यक्ष अमर खड्का नेतृत्वको टोलीले भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन ।

ध्यानकर्षण पत्र बुझाउदै महासघंले पत्रकार कल्याण कोषको स्थापना, भवन निर्माणमा सहयोग, उपमहानगरपालीकाबाट प्रदान गरिने पुरस्कार राशि वृद्धि, पत्रकारको क्षमता विकासका लागी बजेट बिनियोजन जस्ता मागहरू प्रस्तुत गरेका थिए । ध्यानाकर्षण पत्र बुझ्दै मेयर तारा सुब्बाले ध्यानाकर्षण पत्रमा भएका अधिकाशं मागहरू सम्बोधन हुने प्रक्रियामा रहेको बताए ।

सुब्बाले ध्यानाकर्षण पत्रमा भएका मध्ये धेरै विषयलाई आगामी बजेटमा समावेश गरिएको र केही विषयलाई क्रमागत रूपमा सम्बोधन गर्दै जाने बताए । धरान उपमहानगरपालीकालाई सञ्चार मैत्री बनाउने भन्दै उनले कतिपय विषयहरूमा बजेट थोरै भए पनि आगामी दिनहरूमा क्रमशः बृद्धिहुदै जाने बताए । पत्रकार महासघं सुनसरीका अध्यक्ष अमर खड्काले माग सम्बोधन कालागि मेयरलाई धन्यवाद पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *