गीतकार तथा मोडेल दर्पण राई भट्टि धाउन थाले ( भिडियोसहित)

काठमाडौँ, भदौँ २६ । गीतकार तथा मोडेल दर्पण राई पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छन् । हालसम्म दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेका राईको भर्खंरै सार्वजनिक गरिएको ‘मनको कुरा मनमै रह्यो’ भिडियोले बजार तताइरहेको छ ।

म्युजिक भिडियोमा गीतकार दर्पण राई, सम्झना राई र रञ्जित पौडेलले अभिनय गरेका छन् । प्रेम कहानीमा आधारित रहेर निर्माण गरिएको उक्त भिडियोलाई ‘राई इज किङ’ राजेश पायल राईले स्वर दिएका छन् भने गीतकार मन राज राईले उक्त गीत लेखेका हुन् । अर्जुन पोखरेलको शब्द सङ्गीतलाई सशान कँडेलले निर्देशन गरेका छन् । त्रिकोणात्मक प्रेम सम्बन्ध देखाइएको भिडियोमा दर्पण राईले सम्झानालाई आफ्नो मनको कुरा राख्न नपाउँदा पछुताउँनु मात्र होइन भट्टि धाउन थालेका छन् ।

कलेज जीवनमा आधारित रहेर निर्मांण गरिएको भिडियोमा दर्पण राई प्रेममा तड्पिएका छन् । हालसम्म हजारौँ दर्शकले उक्त भिडियो हेरिसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=UJ14bdCdozg&feature=share”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *