तीन भाइले सपथ खाने भएपछि राप्रपा प्रजातान्त्रिकमा रुवाबासी

काठमाडौँ, भदौँ २५ । आज राप्रपा प्रजातान्त्रिकबाट तीन भाइले मन्त्रीको सपथ खानेभएपछि पार्टीमा अन्य मन्त्रीका आकांक्षीहरुले अध्यक्ष पशुपति शम्शेर राणाको सातोपुत्लो उडाएका छन् । आफूहरू पनि मन्त्रीको आकांक्षी भएको भन्दै उनीहरूले सहमति नै नगरी तीन भाइलाई किन सुटुक्कै मन्त्री बनाएको ? भन्दै केही नेताहरू राणाविरुद्ध उत्रिएका छन् ।

देउवा सरकारमा दीपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई मन्त्री बनाइएपछि पूर्वराप्रपा नेपाल खेमाबाट राणासँग मिल्न आएका ती नेताहरूले पार्टीमा रुवाबासी चलाएका छन् । ‘आज को को सरकारमा जाँदैछन् भन्नेरबारेमा हामीलाई थाहा नै छैन । कुनै छलफल नै भएको छैन ।’ राप्रपाबाट मन्त्रीका एक आकांक्षीले भने । पार्टीले आफूहरुलाई ‘मिनिमाइज्ड’ गरेको र पुरानो पार्टीलाई धोका दिएर यता सरेर त्यत्रो सहयोग गर्दा पनि सरकारमा जाने बेलामा एक बचन छलफल नगरेको उनले गुनासो पोखे ।

खासमा ‘मन्त्री बन्नाइन्छ’भन्ने अध्यक्ष राणाको सहमतिअनुरुप नै आफूहरू कमल थापालाई छाडेर यता आएका रहेछन् । आज आइतबार बिहान बसेको पार्टी संसदीय दलको बैठकमा सरकारमा जाने विषयमा कुनै छलफल नगरी तीन जनालाई मन्त्री बनाउन लागिएको मात्रै जानकारी गराइएको ती नेताको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *