भदौ ३० गते चलचित्र ‘जोनी जेन्टलमेन’ देशैभरी लाग्ने

भरतराज शर्मा(गोपाल), धरान । नेपाली चलचित्र ‘जोनी जेन्टलमेन’ आउदो भदौ ३० गतेबाट देशैभरी प्रर्दशनमा आउने भएको छ । प्रमोसनका क्रममा सुनसरीको धरान आईपुगेका सो चलचित्रको टिमले होटल हाङकुक कोरीयन रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरेको थियो । यहि भदौ ३० गतेबाट देशभरीका करिब ८० बटा हलमा चल्न लागेको चलचित्रका निर्माता एन्ड्रयु पौडेलले जानकारी दिएका हुन ।

उक्त चलचित्रमा पल शाह र आँचल शर्मालाई फिचरिङमा देख्न सकिन्छ । भने, चलचित्र ‘म यस्तो गीत गाउछु’ बाट राम्रो प्रतिक्रिया पाएका पल शाह युवा पुस्तामाझ लोकप्रिय छन् । पल र आँचलका अतिरिक्त चलचित्रमा विकास जोशी, जैना कुवँर, सन्तोष सिलवाल गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

नितिन चन्दले निर्देशन गरेको चलचित्रको कथा र संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका हुन् भने रुपेश थापा र रामशरण उप्रेतीले फिल्मलाई खिचेका हुन् । करिब १ बर्षको लामो प्रयासपछि नेपाली बजारमा ल्याएको चलचित्रमा फरक आन्नद दिन खोजेको निर्दैशक पौडेलले बताए ।

सम्मेलनमा चलचित्रका नायक पल शाहले आफुलाई बिगतका दिनमा नाई नभन्नु ल ४ र म यस्तो गीत गाउछु जस्ता चलत्रिबाट दर्शाकको अपार माया पाएकाले चलचित्र चल्नमा आफुढुक्क रहेको बताए । त्यस्तै, सम्मेलनमा नायिका आचल शर्माले एउटा बिग्रेको युवकलाई समाजमा एक पे्रमीले एउटा राम्रो मान्छे बनाउन गरेको प्रयत्नको कथा रहेकाले पनि युवा पुस्तामा लोकप्रिय हुने बताईन ।

भदौ ३० गतेबाट प्रदर्शन हुन लागेको चलचित्र २ घण्टाको रहेको छ भने चलचित्रको छायाङकन भारतको गोवा, सिलिङ, गोहाटी तथा काठमाडौमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *