Spell Bee को फाइनलमा तीन कलेज

भाद्र २५, काठमाडौँ । अङ्ग्रेजी भाषा बोल्न, लेख्नका लागि भाषिक शुद्धता विकास गर्ने उद्देश्यले सञ्चालित Spell Bee कार्यक्रमको फाइनलमा तीन टिम पुगेका छन् । नेपालमै पहिलो पटक आयोजना गरिएको Spell Bee कार्यक्रमको फाइनल राउण्डमा बुढानिलकण्ठ स्कुल, ख्वप कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेज पुगेका हुन् । प्रतियोगिताको फाइनल आउँदो बिहीबार सम्पन्न हुनेछ ।

मलिन मिडिया एण्ड इभेण्टको आयोजनामा कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो Spell Bee को सेमिफाइनल राउण्डमा गोल्डेनगेट इन्टरनेशनल कलेजले केएमसी कलेज र डिएभी सुशील केडिया विश्वभारती कलेजलाई पराजित गरेको थियो । ख्वपः कलेज भक्तपुरले लिभरपुल इन्टरनेशनल कलेज र टेक्सस इन्टरनेशनल कलेजलाई पराजित गरेको थियो । भने, बुढानिकलकण्ठ स्कुलले केएमसी र पोखराको गण्डकी कलेजलाई पराजित गरी फाइनल राउण्डमा प्रवेश गरेको थियो ।

चैत्र ३ गतेबाट प्रसारणमा आएको Spell Bee मा देशका विभिन्न १३ ओटा सहरमा अडिसन गरिएको थियो । उक्त अडिसनमा ७ सय १९ ओटा कलेजहरुले सहभागिता जनाएका थिए । Spell Bee को विजेताले नगद रु एक लाख सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । भने, फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः ७५ हजार र ५० हजार नगद सहित गिफ्ट ह्याम्पर प्राप्त बताइएको छ ।

विद्यार्थी र टेलिभिजन हेर्ने दर्शकलाई अङ्ग्रेजी भाषा शुद्ध रूपमा उच्चारण गर्न र लेख्न सिकाउने अभिप्रायले Spell Bee कार्यक्रम सञ्चालन गरिएको हो । आयोजक मलिन मिडियाका प्रमुख कार्यकारी अधिकृत महेश पोखरेलले पहिलो सिजनमा विद्यार्थी र कलेजहरुको सहभागिता र कार्यक्रमको टिआरपीले आफू उत्साहित भएको बताउँदै आगामी कार्यक्रम अझ भव्य र राम्रो बनाउने बताए । ‘नेपालमा Spell Bee सम्बन्धी कुनै कार्यक्रम नभइरहेको अवस्थामा हामीले नौलो कार्यक्रम उत्पादन गरे पनि विद्यार्थी, अभिभावक र दर्शकको उत्साहपूर्वक सहभागिता पाएका छौँ ।’ उनले भने ।

उनले टेलिभिजन मार्फत कार्यक्रम हेर्ने दर्शकले समेत अङ्ग्रेजी ग्रामरहरु सिक्न सक्ने भएकोले कार्यक्रम सबैका लागि उपयोगी भएको जिकिर गरे । पोखरेलले Spell Bee कार्यक्रम प्रसारण भएपछि कतिपय विद्यालय र कलेजले समेत Spell Bee सञ्चालन गर्न थालेको दाबी गरे । उनले कार्यक्रमको दोस्रो सिजन आउँदो कार्तिकबाट सुरु गरिने बताए ।

Spell Bee कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको छ भने, प्रायोजकहरुमा कोलगेट, लिएगो स्टाइलिष्ट मोबाइल, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, डिएभी सुशील केडिया विश्वभारती कलेज, राईट पाथ करियर काउन्सेलिङ, ओली एण्ड एशोसिएटस्, ब्रिज ब्लु नेपाल, ग्रेस इन्टरनेशनल कन्सल्टेन्सी, श्रीनाथ कलेक्सन, पोखरा नुडल्स, नेपालय कलेज रहेका छन् ।

यसै गरी अन्य स्पोन्सरहरुमा गोल्डेनगेट इन्टरनेशनल कलेज, कंगारु एजुकेशन, बाबा एजुकेशन, मेट्स एजुकेशन, के एण्ड के ग्रुप, NEA स्कुल, CCMA, लिंकन कलेज, प्राइम सिए, रिलायन्स इन्टरनेशनल कलेज, ग्रामर पब्लिक स्कुल, पेप्सी, हिमाल स्टिल, Trend Setters रहेका छन् । कार्यक्रमको एप पार्टनरमा हाम्रो पात्रो रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *