‘चार कुरामा बेसी ध्यान दिँदा काँग्रेस बिग्रिएको छ’

भक्तपुर, २४ भदौ । ‘पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा यस्तै हुन्छ ।’ नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले पार्टी जीर्ण हुँदै गएको कारण खोतले ।

आज शनिवार भक्तपुर,मध्यपुर थिमिनगर कार्यसमितिले आयोजना गरेको बिपी कोइरालाको १०४ औँ जन्मजयन्तीको कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस यी चार कुरामा बेसी ध्यान दिँदा पछि परेको भन्दै सबैलाई सचेत रहन निर्देशन गरे ।

कार्यक्रममा बोल्दै नेता महतले स्थानीय निकायको पदाधिकारीले भत्ता, सेवा र सुविधामा मात्रै ध्यान दिएको खण्डन मण्डन गरे । ‘ स्थानीय तहमा जनप्रतिनिधिहरु त चुनिनु भयो तरझन् झने चिन्ता बढेको छ । किनकि विकास बजेट सिद्धिने भएको छ । अहिलेसम्म सिन्को भाँच्ने काम हुन सकेको छैन । त्यस कारण बिपी र गणेशमानले सत्ता र पदलाई त्याग नगरेसम्म केही हुनेवाला छैन । त्यसैले बिपी र गणेशमा जस्तो बन्ने कि नबन्ने ?’ उनले बिपी र गणेशमान जस्तो बन्न उपस्थित काँग्रेसी कार्यकर्तालाई सुझाव पनि दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल महिला सङ्घ भक्तपुरकी अध्यक्ष सरु बानियाँ, क्षेत्र नं १ का अध्यक्ष जीवन खत्री, क्षेत्र नं २ का अध्यक्ष नारायण खायमली, मध्यपुरथिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस मध्यपुर नगरसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायत उपस्थित रहेका थिए । उनीहरू सबैले आगामी मङ्सिरमा हुने प्रदेश र संसद्को निर्वाचनमा भक्तपुरमा काँग्रेसलाई पहिलो पार्टी बनाउन आवश्यक रणनीति तय भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *